February 07, 2012

यसरी गरे डीआईजीले पत्नीहत्या

काठमाडौ, माघ ९ -
सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाले श्रीमती गीता ढकालको हत्या नियोजित रूपमा एक्लैले गरेको अनुसन्धानहरूबाट खुलेको छ । कोइरालाको बयान, घटनाको प्रकृति र उनका चालकले दिएको बयानसमेतबाट यो तथ्य फेला परेको हो । पक्राउ परेलगत्तैको बयानमा ४ लाख रुपैयाँ दिएर अरूलाई हत्या गर्न लगाएको बताएका कोइरालाले थप बयानका क्रममा आपै+mले मारेको स्विकारेका हुन् । तर अझै पनि उनले दिएको बयान सत्य हो/होइन अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठले बताए ।

 कोइरालाले प्रारम्भिक सोधपुछमा पुस २७ गते बिहान घर पुगेर छोरालाई लिएर हिँडेको बताएका छन् । छोरालाई लिएर सुन्धाराको सिभिल मल र भाटभटेनीमा सपिङ गरिरहेका बेला गीताले फोन गरेपछि आफू फेरि घर गएको बताएका छन् । 'गीताले दुई छोराको व्रतबन्धबारे कुरा गर्नुछ, आउनु भनेर फोन गरेपछि म फेरि गएको थिएँ,' कोइरालाले बयानमा भनेका छन् । त्यसपछि चालकलाई छोरा घुमाउनु भनेर आफू ट्याक्सी लिएर चपलीस्थित घर गएको उनको बयान छ ।

'गफ गरिरहेका बेला हामीबीच कुरा मिलेन, उसलाई एक थपड हानें,' कोइरालाले प्रहरीलाई भनेका छन्, 'अझ रिस उठाएपछि मैले खुट्टामा छिर्के लगाउँदा भुईंमा लडेपछि म रिसाएर बेडरुम बाहिर निस्किएँ ।' आफू १५ मिनेट बस्दा पनि केही आवाज नआएपछि पुनः भित्र गएको उनले बताए । 'अरू बेला पनि लडेको र बेहोस भएको नाटक गर्ने गरेकाले त्यत्तिकै छाडेर बैठक कोठामा आएर बसें,' कोइरालाको बयान छ, 'थप आधा घन्टा पखर्ंदा पनि केही चालचुल आएन, भित्र गएर शरीर चलाउँदा त मरिसकिछन् । त्यसपछि अत्तालिएर के गर्ने र कसो गर्ने भएँ ।'

गीताको मोबाइल अफ गरिदिएर आफू पेट्रोलको प्रबन्ध गर्नतर्फ लागेको बयान दिएका छन् । 'महाराजगन्जसम्म ट्याक्सीमा आएर पेट्रोल राख्न ३० लिटरको जर्किन खरिद गरेर पेट्रोल खरिद गरें,' उनले भनेका छन्, 'उज्यालोमा शव निकाल्दा शंका गर्ने भएकाले अँध्यारो नभइन्जेल पर्खिएँ ।' त्यसपछि घरपछाडि ढोकाबाट शव निकालेर गाडीमा राखेर लगेको बताएका छन् । कोइरालाको बयानमा गीताले आफूलाई ल्यान्ड लाइन नम्बरबाट फोन गरेको उल्लेख छ । प्रहरीले त्यो नम्बर र समयबारे कल डिटेल अध्ययन गरिरहेको छ । 

अनुसन्धानमा संलग्न एक अधिकृतले भने कोइरालाले हत्या नियतपूर्वक गरेको पाइएको बताए । 'गीताले छोराहरूको व्रतबन्धबारे कुरा गर्न बोलाएको भए उनले चालक र छोरालाई बीचैमा छोडेर आफू ट्याक्सी लिएर जान जरुरत हुँदैनथ्यो,' उनले भने ।

कोइरालाले गीताको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुमान छ । गीताको बेडमा भएको सिरानीको खोलले घाँटी थिचेर हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । 'फिंगर पि्रन्ट लुकाउन उनले सिरानीको खोल प्रयोग गरेको हुन सक्छ,' ती अधिकृतले भने ।

क्रिमिन साइकोलोजीमा स्नातकोत्तरसमेत गरेका कोइरालाले नेपाल प्रहरीमा डीएसपी हुँदा अपराध महाशाखामा काम गरेका थिए । उनले शव लुकाउन काम गरेको र पढेको दुवै अनुभवलाई प्रयोग गरेको देखिएको छ ।

श्रीमतीको हत्यापछि उनले शव मकवानपुरको पालुङसम्म पुर्‍याउन आफूलाई डीआईजीको हैसियतले प्राप्त सशस्त्र प्रहरीको बा१झ ६२१३ नम्बरको गाडी प्रयोग गरेका

थिए । बयानका क्रममा उनले शव सरकारी गाडीमै राखेर लगेको बताएपछि गाडी हेर्न काठमाडौं प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठ र अपराध महाशाखाका एसपी सुरेशविक्रम शाह सशस्त्र मुख्यालय पुगेका थिए । 'गाडीमा उनले भनेअनुसारकै प्रमाण फेला पर्‍यो,' श्रेष्ठले भने, 'शव बेरेर लगेको कम्बलको टुक्रा र पेट्रोलको गन्ध थियो ।'

प्रहरीका अनुसार पुस २७ गते राति काठमाडौंबाट बाहिरिएको नदेखिए पनि २८ गते बिहान साढे ३ बजे नागढुंगा चेकपोस्टबाट उक्त गाडी भित्रिएको देखिएको छ । प्रहरीले कोइरालालाई सघाउनेबारे अनुसन्धान भइरहेको जनाएको छ ।


प्रकाशित मिति: २०६८ माघ १० ११:२०

No comments: