उसै संग नयाँ, नाता जोडे हुन्छ अब
![]() |
कबिता श्रेष्ठ |
तिता मिठा क्षेणहरु सम्झी रहुँला
तिम्रो मेरो नाता पनि तोडे हुन्छ अब।
मलाई बिर्शी खुशी हुन् सक्छौ भने
मेरा सबै चिनोहरु फोडे हुन्छ अब।
उस्कै साथमा बाँच्न चाहन्छौ भने
तिम्रो सोँच बिचार त्यो मोडे हुन्छ अब।
आँशुको थोपा झार्ने छैन तिम्रो नाममा
चाहिंदैन तिम्रो माया छोडे हुन्छ अब।।
1 comment:
Post a Comment